झापा। झापामा एकै परिवारका तीन जनाको शव फेला परेको छ। तीनै जनाको शव आफ्नै घरभित्र फेला परेको हो। आफ्नै घरभित्र झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ।
झापाको कनकाई नगरपालिका १ स्थित सृजना टोलमा एकै परिवारका तीन जनाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरभित्र झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको हो।
प्रहरीका अनुसार मृतकहरुमा स्थानीय ३४ वर्षीय रविन विश्वकर्मा, उनकी पत्नी २९ वर्षीया मुना र उनीहरुकी आठ महिनाकी छोरी रहेका छन्। तीन जनाको शव उनीहरुकै घरभित्रै फेला परेको हो।
स्थानीयले खबर गरेपछि घछनास्थल पुगेको प्रहरी टोलीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा छोरीको हत्यापछि श्रीमान श्रमितीले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ।
Facebook Comment
Comment