काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज अपराह्न तीन बजेका लागि बोलाएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठका पछिल्लो राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइका साथै सांगठिनक गतिविधिका विषयमा छलफल हुने बताइएको छ।
स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार अवरुद्ध संसद् सुचारु गर्ने विषयका साथै सरकारको कामकारबाहीका विषयमा छलफल हुने जानकारी दिए। यसैबीच सरकारमा सहभागी हुने मन्त्रीहरूका नाम छनोटका विषयमा पनि छलफल हुन सक्ने नेता गजुरेलको भनाइ थियो।
माओवादी केन्द्रको तर्फबाट मन्त्रीमा सहभागी हुने नामको टुंगो लगाउन सकेको छैन। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
अर्को तर्फ दलहरूले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि तय गर्न सकेका छैनन्।
Facebook Comment
Comment