काठमाडौं । नेइमारको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले आज राति बोर्डिक्सलाई हराएको छ। जारी फ्रेन्च लिग वान टेबलमा यो जितसँगै पीएसजीले दोस्रो स्थानको लेन्सभन्दा १० अंक बढी बनाएको छ।
पीएसजीलाई जिताउन नेइमारले दुई तथा किलिएन एम्बाप्पेले १ गोल गरे। स्टार खेलाडीले भरिएको पीएसजीका लागि नेइमारले २६ औं र ४३ औं मिनेटमा गोल गरे भने अर्को गोल ६३ मिनेटमा एम्बाप्पेले गरे।
तर दोस्रो हाफमा उत्कृष्ट लय बनाएको बोर्डिक्सले दुई गोल गर्न सफल भयो। ७८ र निर्धारित समय सकिएपछिको थप समयमा उसले गोल गर्यो। तर बराबरीका लागि पर्याप्त भएन। पीएसजीले ३-२ गोलअन्तरले खेल जित्यो।
योसँगै पीएसजीले लिग तालिकामा १३ खेलपछि ११ ओटामा जित निकाल्दै ३४ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको नाइसको पनि १३ खेलपछि २४ अंक छ।
Facebook Comment
Comment