माओवादीको आठौं महाधिवेशन दुई दिन लम्बिने

नेपालभ्युज

माओवादीको आठौं महाधिवेशन दुई दिन लम्बिने

काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन दुई दिन लम्बिने भएको छ। यसअघि १५ पुसमा महाधिवेशन सम्पन्न हुने कार्यक्रम तय थियो।

तर, अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा छलफल गर्नका लागि महाधिवेशन प्रतिनिधिहरुले समय थप्नुपर्ने माग गरेपछि यस्तो निर्णय लिइएको माओवादी नेता नारायणकाजी श्रेष्ठले नेपालभ्युजसँग बताए।

महाधिवेशनको उद्घाटन ११ पुसमा भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved