किसानका लागि आवश्यक मलको व्यवस्था वैशाखभित्र : यादव

नेपालभ्युज

किसानका लागि आवश्यक मलको व्यवस्था वैशाखभित्र : यादव

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी चैत्र/वैशाखभित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री यादवले अन्तराष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको बताए।

आईतबार सिंहदरवारमा प्रेस बिफ्रिङ गर्दै उनले मलको अभाव हुन नदिन सरकारले नेपालमै मल कारखाना स्थापना गर्ने प्रयास गरिरहेको बताए। त्यसका लागि उपयुक्त कम्पनीहरुको खोजी गर्ने काम लगानी बोर्डले गरिरहेको मन्त्री यादवको भनाइ थियो।

मन्त्री यादवले किसानको माग अनुसार मल आपूर्तिका लागि ऐन, कानुन संशोधन गरेर अघि बढ्ने जानकारी दिए । उनँले भने,‘मलको समाधान भनेको कारखानानै हो । कारखानाका लागि लगानी बोर्डमा प्रस्तावहरु आईरहेका छन्। हामी उपयुक्त कम्पनीको खोजी गरेर मल कारखाना नेपालमै स्थापना गर्ने प्रयास गरिएको छ । अन्तराष्ट्रिय बजारमा अभाव भएकाले तत्काललाई मलको व्यवस्था हुन नसकेपनि आगामी चैत्र, बैशाखभित्र मलको पर्याप्त व्यवस्था हुन्छ।’

मन्त्री यादवले उखु किसानहरुले ४५ दिनभित्रै भुक्तानी पाउने व्यवस्था सरकारले गरेको पनि बताए। अनलाईन प्रणालीबाट उखु किसानले मिललाई उखु दिएको ४५ दिन भित्र अनलाईन पेमेन्ट गर्ने आवश्यक व्यवस्था सरकारले मिलाएको उनकोे दाबी थियो।

किसानहरुलाई मलको व्यवस्था पनि अनलाईन प्रणालीबाटै हुने व्यवस्था गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved