काठमाडौं। पशुपतिनाथको मन्दिर भोलि (शुक्रबार)बाट खुला हुने भएको छ। भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८, १०, २३ मा जारी आदेश अनुसार मन्दिर खुला गर्ने निर्णय गरिएको कोषले स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलहरूमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ।
“आम दर्शनार्थी एवं भक्तजनहरूको गुनासोलाई समेत मध्यनजर राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथको मन्दिर भक्तजनहरूको दर्शनका लागि मिति २०७८, १०, २८ गते शुक्रवारका दिनदेखि खुला गरिने ब्यहोरा सबैलाई जानकारी गराइएको छ,” एक सूचना जारी गर्दै कोषले भनेको छ।

Facebook Comment
Comment