काठमाडौं । टोखा नगरपालिकामा कोरोनाका कारण स्थगन भएको ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र ९प्रस्तावित प्रदेश अस्पताल०मा सुरु गरिएको सो कार्यक्रम यही माघ ११ देखि कोरोनाका कारण स्थगन भएको थियो।
‘म स्वस्थ, मेरो टोखा नगर स्वस्थ’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त कार्यक्रम फागुन १ देखि पुनः सुरुआत गर्न लागिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। टोखाले नगरवासीलाई स्वस्थ्य राख्ने उद्देश्यले मङ्सिर २८ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको थियो।
टोखाले मेयर दीर्घायु कार्यक्रम पुनः सञ्चालन भएसँगै वडामा नाम दर्ता गराउन नगरवासीलाई अनुरोधसमेत गरेको छ। टोखाले नगरपालिकाभित्र रहेका अशक्त ५० वर्षमाथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्ष्य गरेर उक्त कार्यक्रम सञ्चालन गरेको थियो।
नगरपालिकाले मेयर दीर्घायु कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्नुका साथै रु ३० लाख बजेटसमेत विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको थियो।
Facebook Comment
Comment