आईसीसी टी २० ग्लोबल क्वालिफायर्स: नेपाल ओमनसँग भिड्दै

आईसीसी टी २० ग्लोबल क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमन आज दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछन्।

नेपालभ्युज

आईसीसी टी २० ग्लोबल क्वालिफायर्स: नेपाल ओमनसँग भिड्दै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) ओमनसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी टी २० ग्लोबल क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमन आज दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछन्।
विश्वकप छनोटका लागि अन्तिम ढोका मानिएको सेमिफाइनल खेलमा नेपाल र ओमन क्रमशः युएई र आयरल्यान्डसँग पराजय बेहोर्दै विश्वकपमा स्थान बनाउनबाट चुकेका थिए।
अर्कोतर्फ छनोट ए बाट युएई र आयरल्यान्डले अस्ट्रेलियामा यही वर्ष हुने टी २० विश्वकपका लागि टिकट पक्का गरिसकेका छन्। यही महिना नेपालले ओमनसँग दुई वटा खेल खेलिसकेको छ जसमा चार देशीय सिरिज अन्तर्गतको खेलमा ६ विकेटले जित निकालेको थियो। विश्वकप छनोटको खेलमा ३९ रनले जित निकालेको थियो। आजको खेलले विश्वकप छनोटमा केही फरक नपार्ने भएकाले प्रतिष्ठाको लडाइका रुपमा मात्र रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved