काठमाडौं । फ्रेन्च लिग वनमा आज भएको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) ले मोनाकोसँग लज्जास्पद हार बेहोरेको छ।
लियोनल मेस्सीबिना मैदानमा उत्रिएको पीएसजी ३-० गोलअन्तरले पराजित भएको हो। घरेलु मैदानमा मोनाकले २५, ६८ र ८४ मिनेटमा तीन गरेको हो। विजम बेन यदरले अन्तिम मोनाकोका लागि खेलको अन्त्यमा पेनाल्टीमार्फत गोल गरे। उनले नै मोनाकोलाई अग्रता दिलाएका थिए। त्यस्तै केभिन भोल्लान्डले एक गोल गरे।
आजको खेलमा पीएसजीका नेइमार र किलियन एम्बाप्पेसँगै किम्बेप्पेले पहेंलो कार्ड पाएका थिए।
पीएसजीको जारी लिगमा हार संख्या ४ पुगेको छ। यद्यपि २९ खेलपछि पीएसजीको ६५ अंक छ। जुन दोस्रो स्थानको रेनेजभन्दा १३ अंकले बढी हो। पीसजीले पछिल्ला ५ खेलमा लिगमा ३ ओटा हार बेहोरिसकेको छ।
Facebook Comment
Comment