अब ताप्लेजुङ पनि साक्षर जिल्ला

नेपालभ्युज

अब ताप्लेजुङ पनि साक्षर जिल्ला

ताप्लेजुङ। ताप्लेजुङलाई आज साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै आज एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो।

समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका हुन्। जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेनद्वारा भएको प्रस्ताव पेशपछि मन्त्री हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए।

प्रदेश नं १ का १४ जिल्लामध्ये अब सोलुखुम्बु मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको बताइएको छ।

ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्न केही वर्ष अघिदेखि थालिएको अभियानमा यहाँका विभिन्न शैक्षिक सङ्घसंस्था, स्थानीयवासी तहलगायतले सक्रियता देखाएका थिए। घोषणा कार्यक्रमको उद्घाटनअघि सदरमुकाम फुङ्लिङमा बिहान विभिन्न जातीय झाँकीसहितको र्‍याली निकालिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved