काठमाडौं। पाँच वर्षदेखि अन्धकारमय जीवन जिउँदै आएका हुम्ला यारी निवासी ७२ वर्षीय खेम्चोक लामाले पुनः दृष्टि पाएका छन्।
तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ प्रा डा गोविन्द पौड्यालको प्राविधिक टोलीले सञ्चालन गरेको आँखा शिविरमा उनको मोतिविन्दु शल्यक्रिया गरेपछि पुनः दृष्टि पाएका हुन्।
शिविरबाट लामाले जस्तै १०७ जनाले पुनः दृष्टि पाएको तिलगंगा आँखा प्रतिष्ठान प्रशासनले जनाएको छ।
उक्त शिविर २५ र २६ जेठमा याल्बाङमा र २७ र २८ जेठमा नाम्खामा सञ्चालित थियो। शिविरबाट ८५२ जना बिरामीले सेवा लिएका थिए।
त्यस्तै नाम्खा गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहकार्य र सेवा फाउन्डेसनको सहयोगमा याल्बाङ, नाम्खा गाउँपलिकामा २९ जेठदेखि आँखा उपचार केन्द्र स्थापना भएको छ।
Facebook Comment
Comment