काठमाडौं। लियानल मेस्सी र नेयमार चम्किँदा फ्रेन्च लिग वनमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले शानदार सुरुवात गरेको छ ।
गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्यो । उसका लागि मेस्सीले २ र नेयमारले १ गोल गरे ।
खेलको नवौं मिनेटमा नेयमारले मेस्सीको पासमा गोल गर्दै गोलको खाता खोले । २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा कप्तान मार्किन्हसले नेयमारकै पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो ।
८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा मेस्सीले गोल गरे। ८६औं मिनेटमा मेस्सीले लियान्द्रो ड्यानियल पारेडेसको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौँ गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए ।
कारण केलियन एमबाप्पे भने खेलेका थिएनन् ।जितसँगै पिएसजीले ३ अंक जोडेको छ ।
Facebook Comment
Comment