काठमाडौं । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राप्रपाका थप दुई उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
झापामा भएको एमाले-राप्रपा तालमेललाई विस्तार गर्दै राप्रपाका प्रतिनिधि सभामा एक जना र प्रदेश सभामा दुई जना उम्मेदवारलाई समर्थन गरेको नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले बिहीबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।
झापा–३ मा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ । त्यस्तै राप्रपाबाट प्रदेश सभामा झापा–१ (ख) कि उम्मेदवार सविना बजगाईं र झापा– ४ (ख) का उम्मेदवार भक्तिप्रसाद सिटौलालाई समर्थन रहेको कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् । झापाका अन्य निर्वाचन क्षेत्रमा राप्रपाले एमाले उम्मेदवारलाई समर्थन गरेको छ ।

Facebook Comment
Comment