माओवादीको चुनावी गीत सार्वजनिक, चेतन र स्मिताको स्वर (भिडियो)
नेपालभ्युज
काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेकपा माओवादी (केन्द्र) को को चुनावी गीत सार्वजनिक भएको छ । अखिल नेपाल सांस्कृतिक महासंघका उपाध्यक्ष चेतन सापकोटाले चुनावी गीत ‘गठबन्धनलाई नजिताई भा छैन’ सार्वजनिक गरेका हुन् ।
प्रचण्डलाई केन्द्रमा राखेर गीत तयार गरिएको सापकोटाको शब्द तथा संगीत रहेको गीतमा उनलाई स्वरमा स्मिता दाहालले साथ दिएकी छन् ।
गीतमा प्रचण्डले गणतन्त्र ल्याएको, गोरखाबाट सम्बृद्धिको यात्रा तय गरिएको बताउँदै समाजवादको सोझो यात्रा समेत उनले गर्ने भनिएको छ ।
प्रचण्डले अहिलेसम्म सोचेजस्तो गर्न नपाएको भनिएको गीतमा ‘गठबन्धन’लाई जिताउन सबैलाई आग्रह गरिएको छ ।
संगीतकार सापकोटाकै निर्देशन रहेको भिडियोमा सम्राट थापाको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा चेतन सापकोटा, सिमरन कार्की, सुष्मा कार्की लगायतले अभिनय गरेका छन् भने भिडियो राज पोखरेलले छायांकन गरेका हुन् ।
Facebook Comment
Comment