सुदूरपश्चिम प्रदेशमा माओवादी निल

नेपालभ्युज

सुदूरपश्चिम प्रदेशमा माओवादी निल

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ यस पटकको निर्वाचनमा नेकपा माओवादी केन्द्र निल बनेको छ। सुदूरपश्चिम प्रदेशका १६ वटा प्रतिनिधी सभाको निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा निर्वाचनको अन्तीम नतिजा सम्म आइपुग्दा माओवादी केन्द्र निल अवस्था पुगेको हो।

सत्ता गठबन्धनमा १६ मध्ये ४ सिट पाएको माओवादी ४ वटै ठाउँमा पराजित भएको छ । माओवादीले कैलाली २ र ३ कञ्चनपुर १ र बैतडीमा उम्मेदवारी दिएको थियो। सुदुरपश्चिम प्रदेशका सबै ४ वटै क्षेत्रको मतपरिणामको नतिजा आइसकेको अवस्थासम्म माओवादी केन्द्र पछाडी परेको छ।

कैलाली २ मा नागरिक उन्मुक्तिका अरुण चौधरीले २१ हजार ८७१ मत पाउँदा सम्म माओवादी केन्द्रका भगत बडूवालले १५ हजार ११६ मत प्राप्त गरि पराजित भएका छन् । कैलाली ३ मा नागरिक उन्मुक्तिका गङ्गा चौधरीसँग माओवादी केन्द्रका कृष्ण चौधरी ‘कुन्दन’ पराजित भए । गंगाले २३ हजार १२० मत ल्याए भने चौधरी १७ हजार ७४९ मा रोकिए।

कञ्चनपुर १ मा एमालेका तारालामा तामाङ विजयी भए। सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी बिना मगर ४९११ मतले पछाडि परिन्। तामाङले २०९६९ मत प्राप्त गर्दा मगरले १६०५८ मत पाईन् ।

अघिल्लो पटक बिना १९ हजारभन्दा बढी मतान्तरका साथ विजयी बनेकी थिइन्। बैतडीमा पनि माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुँवर पराजित भए। एमालेका दामोदर भण्डारीले ह्याट्रिक गर्दा कुँवर १५३१ मतले हारे ।

भण्डारीले ३३ हजार ६११ मत ल्याए भने कुँवरले ३२ हजार ८० मत ल्याए ।अघिल्लो पटक वाम गठबन्धन गर्दा माओवादी केन्द्रले चार ठाउँमा लडेर तीन क्षेत्रमा विजयी जितेको थियो। त्यो बेला कैलाली ३ मा माओवादीबाट विजयी भएका गौरिशंकर चौधरी र लेखराज भट्ट अहिले एमालेबाट निर्वाचनमा लडेका थिए। यसपटक दुवैजना पराजित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved