सीके राउतले भेटे ओली, यादव र ठाकुर

नेपालभ्युज

सीके राउतले भेटे ओली, यादव र ठाकुर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनमत पार्टीका अध्यक्ष सीके राउत ।

काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनैतिक नेतृत्व भेट्ने क्रम जारी राखेका छन् ।

राउतले बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका हुन‍्  ।

सीके राउत र महन्थ ठाकुरबीचको भेटवार्ता ।

राउतले बुधबार साँझ आफ्नो फेसबुक पेजमा यि नेताहरुसँग भेट गरेको तस्वीर अपलोड गरेका छन् ।

उनले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शिर्ष नेतृत्वलाई भेटिसकेका छन् ।

सीके राउत र उपेन्द्र यादवबीचको भेटवार्ता ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved