मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविकः डा. सीके राउत

नेपालभ्युज

मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविकः डा. सीके राउत

काठमाडौं।  जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतेले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन्।

बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्। उनले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने बताए।

उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए। अध्यक्ष राउतले जनतामुखी सेवाहरू प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताए।

उनले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा लाग्ने बताए। कुनै पनि व्यक्ति स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिबद्ध रहेको र बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने कुरामा आफू लाग्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved