संसदमा अर्धनग्न बन्ने सांसद अमरेशलाई के हुन्छ कारबाही ?

बैठक कक्षबाट आफैँ बाहिर निस्किए। सभामुखले नियम ३० अनुसार अभद्र व्यवहार देखाएकोमा चेतावनी दिएका थिए। चेतावनीको पालना नगरे बैठकबाटै निष्कासन गर्नसक्ने व्यवस्था संसद् नियमावलीको नियम ३१ मा उल्लेख छ।

नेपालभ्युज

संसदमा अर्धनग्न बन्ने सांसद अमरेशलाई के हुन्छ कारबाही ?

काठमाडौं। ‘‘माननीय सदस्य तपाईँलाई बोल्न समय दिइएको छैन। माननीय सदस्य बसौँ। माननीय सदस्यहरू बसौँ’’ सभामुख देवराज घिमिरेले आग्रह गर्दै गर्दा स्वतन्त्र सांसद अमरेशकुमार सिंह सर्टका टाँक खोल्न व्यस्त थिए।

सोमबारको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सनक प्रदर्शन गरे। जब उनले सर्ट मात्र खोलेनन्, भित्री वस्त्र गन्जी पनि खोले। आज बसेको बैठकमा संसदीय मर्यादालाई बेवास्ता गर्दै आफूलाई बोल्न नदिएको झोकमा विरोध स्वरूप सांसद सिंहले कपडा खोलेर अर्धनग्नता प्रदर्शन गरेका हुन्।

उनको यो विरोधको शैलीको अन्य सांसदहरूले समेत उठेर विरोध जनाए। त्यसलगत्तै, सभामुखले सिंहलाई असभ्य व्यवहार नदेखाउन चेतावनी दिए। उनले भने ‘‘तपाईँले जुन व्यवहारहरू देखाइरहनु भएको छ। त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा म तपाईँलाई म चेतावनी दिन चाहन्छु ।’’

सभामुखको बारम्बारको चेतावनीपछि सिंहले कपडा लगाए। बैठक कक्षबाट आफैँ बाहिर निस्किए। सभामुखले नियम ३० अनुसार अभद्र व्यवहार देखाएकोमा चेतावनी दिएका थिए। चेतावनीको पालना नगरे बैठकबाटै निष्कासन गर्नसक्ने व्यवस्था संसद् नियमावलीको नियम ३१ मा उल्लेख छ।

‘‘आदेश पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाठ बाहिर जान आदेश दिन सक्नेछ । त्यस्तो आदेश पाएपछि सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन’’ भनिएको छ।

धन्न अमरेश आफैँ बाहिरिए। नत्र सभामुखले समेत निकाल्न सक्ने थिए । किनकि सभामुखले चेतावनी मात्रै दिइरहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved