राष्ट्रिय सभामा पाँच सय र हजारका नोट प्रतिबन्ध गर्न माग

नेपालभ्युज

राष्ट्रिय सभामा पाँच सय र हजारका नोट प्रतिबन्ध गर्न माग

काठमाडौं। राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई ब्यान्ड गर्नुपर्ने माग गरेकी छिन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताएकी हुन्।

उनले सधैंभरि बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काम मात्रै उल्लेख गर्न आग्रह गरिन् । उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन्।

सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्नेकुराको खोजी गर्न आवश्यक रहेको समेत बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved