जंक फूड र फास्ट फूडमा के छ फरक ?

नेपालभ्युज

जंक फूड र फास्ट फूडमा के छ फरक ?

एजेन्सी । धेरै मानिसलाई जंक फूड र फास्ट फूड एउटै हो जस्तो लाग्छ । तर यी दुवै एकदमै फरक खाना हुन् । आउनुहोस् जानौं यी दुई खाना बीचको अन्तर बारे :

  • फास्टफूड त्यस्तो खाना हो जो तुरुन्तै बन्छ जस्तै पिज्जा, मोमो, बर्गर, चाउमीन, पास्ता, फ्राइज आदि । यसलाई तपाईं घरमा पनि बनाउन सक्नुहुन्छ ।
  • जंक फूड डब्बा तथा प्याकेटमा पाइन्छ । जसलाई तपाईं बजारमा किनेर खानुहुन्छ । जस्तै चिप्स, चाउचाउ, कुरकुरे, नमकिन, भुजिया आदि ।
  • स्वास्थ्यका दृष्टिले यी दुवै खानालाई हानिकारक मानिन्छ । तर यदि एउटालाई छान्नु पर्‍यो भने फास्ट फुड जंक फूड भन्दा राम्रो हुन्छ । किनकी यसमा केही ताजा खानेकुरा तथा तरकारीको पनि प्रयोग भएको हुन्छ ।
  • जंक फूडमा कुनै पोषक तत्व हुँदैन त्यसैले यस्ता खानेकुरालाई आफ्नो आहारबाट टाढै राख्नु पर्दछ । पाचनक्रियाका लागि पनि यस्ता खाना एकदमै खराब हुन्छन् ।
  • जंक फूड धेरै खाएमा टाउको दुख्ने, माइग्रेनको समस्या पनि हुन सक्छ । किनकी यसमा सोडियमको मात्रा एकदमै धेरै हुन्छ ।
  • जंक फूडमा धेरै काब्र्स हुने भएकाले यो धेरै खाँदा छाला ड्यामेज हुन सक्छ । डन्डीफोर, कालो धब्बा जस्ता समस्या देखिन सक्छन् ।
  • त्यस्तै फास्ट फूडमा पनि कार्बोहाइड्रेट तथा सोडियमको मात्रा अत्यधिक हुन्छ, जसले रगतमा नून र चिनीको मात्रा पनि बढाउँछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved