एजेन्सी । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएको सिजनको विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडलाई हराउँदै सिटी फाइलनमा पुगेको हो ।
पहिलो लेग १-१ गोलको बराबरीमा सकिएकोमा विहीबार विहान भएको दोस्रो लेगमा सिटी ४-० गोलले विजयी भयो समग्रमा ५-१ गोलको नतिजासहित सिटी उपाधि नजिकै पुगेको हो ।
सिटीको लागि बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्यो ।
अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग टर्कीको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ । सिटी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने दौडमा हुनेछ भने इन्टर मिलान चौथो उपाधिको खोजीमा छ ।
Facebook Comment
Comment