नक्कली भुटानी शरणार्थी प्रकरणले एमाले छट्पटायो : माओवादी केन्द्र

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरणले एमाले छट्पटायो : माओवादी केन्द्र

काठमाडौं। सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि नेकपा एमाले छट्पटाएको र लडाकु शिविरको कुरा उठाएको बताएको छ ।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले यस्तो आरोप लगाएका हुन् ।

‘एमालेले अहिले लडाकु शिविरबारे किन प्रश्न उठायो ?’ महराले प्रश्न गरे–‘कतै नक्कली भुटानी शरणार्थी प्रकरणले त पोलेको होइन ?’ उपाध्यक्ष महराले एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै संसदमा बोलेको कुराको समेत जवाफ फर्काए । ओलीले शरणार्थी प्रकरणमा दोषीलाई छाडेर निर्दोषलाई फसाउन खोजेको भनेका थिए।

त्यसको जवाफमा महराले दोषी सबैलाई कारबाही गर्न सरकार तयार रहेको बताए । ‘शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको छ’ उनले भने,–‘ढुक्क हुनुस् सरकारले एक जना पनि निर्दोषलाई फसाउने छैन।’

एमाले अध्यक्ष ओलीले दोषीलाई उम्काएर निर्दोषलाई फसाउने प्रयास भएको कुरा संसदबाटै भनेको कुरालाई इंकित गर्दै महराले भने–‘कुनै पनि हालतमा निर्दोष फस्दैनन् र दोषी उम्किन पाउँदैनन्।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved