तोप चराको ‘इन्जिनियरिङ’ (तस्वीरहरू)

तोप चराको ‘इन्जिनियरिङ’ (तस्वीरहरू)

काठमाडौं । तोप चरा अरु चराहरूभन्दा फरक विशेषता भएको चरा हो । भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ । बडो कलात्मक र मेहनतले आफ्नो गुँड (घर) बनाउने हुनाले यसलाई चराहरूको इन्जिनियर भनिएको हो ।

हुन पनि उसले बनाएको गुँड रहरलाग्दो नै हुन्छ । रुखमा झुन्ड्याएर बनाएको गुँड देखाएर उसले पोथी फकाउने गर्दछ । गुँड मन पर्‍यो भने मात्रै पोथी बस्छ, नत्र बस्दैन । त्यसैले पनि भाले तोप चराले बडो मेहनतका साथ गुँड बनाउँछ । एक हिसाबले भन्दा उसले इन्जिनियरिङ नै गर्दछ ।

यो चराको अर्को विशेषता हो— शाहाकारी । यो चराले अरुले जस्तै किरा, फट्याङ्ग्रा वा मासुजन्य खाना खाँदैन । यसले धान, स-साना गेडागुडीदेखि घाँसपातहरू खान्छ ।

यसलाई क्षेत्रगतरूपमा फरक-फरक नामले चिनिन्छ । तराई क्षेत्रमा यसलाई ‘सुजरो’ भन्छिन् भने पहाडतिर ‘चोंची’ भनिन्छ । कतै-कतै यसलाई ‘तोलायुँ’ त कतै ‘बकेचो’ पनि भन्ने चलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved