संसदीय अभ्यास गलत, सभामुखले संसद संचालनको प्रक्रिया सच्याउनुपर्छ : सांसद पौडेल

नेपालभ्युज

संसदीय अभ्यास गलत, सभामुखले संसद संचालनको प्रक्रिया सच्याउनुपर्छ : सांसद पौडेल

काठमाडौं ।  नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्वीकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताएका छन् ।

उनले सभामुखले कसैको आग्रह र दबाबलाई स्वीकार्नु पर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताए । उनले संसद चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने बताए । प्रश्न सोधिएकै दिन प्रधानमन्त्रीलाई स्पष्टीकरण दिन दिनुपर्ने भन्दै तिन दिन बिना अर्थमा संसद बन्द गरिएको बताए ।

‘प्रश्न जुन दिन सोधिएको थियो । त्यही दिन स्पष्टिकरणको मौका दिनुपथ्र्यो यो संसदीय अभ्यास असाध्यै गलत भइरहेको छ । जर्बजस्ती पेल्ने, आफ्नो संख्या देखाएर संसद निरन्तर रुपमा चल्न नदिने जुन खालको परिस्थिति छ, यो अन्त्य हुनुपर्छ’ उनले भने,  ‘प्रधानमन्त्रीले जुन दिन प्रश्न उठेको थियो, त्यही दिन जवाफ दिनुपथ्र्यो । स्पष्टिकरण दिनुपथ्र्यो । यो तिन दिन बिना अर्थ संसद बन्द गरियो । यसले संसद चल्ने प्रक्रियामा धेरै ठुलो प्रश्न जन्माएको छ ।’

‘सभामुखले यसको प्रक्रियालाई अगाडी लानु भन्दापनि कसैको आग्रहलाई, कसैको दबाबलाई स्वीकार्ने जुन परिस्थिति भएको छ, यसलाई सच्याउनुपर्छ,’ उनले अगाडि भने । उनले एमालेले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ के आयो भनि प्रश्न समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved