एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारत ‘ए’ सँग पराजित

नेपालभ्युज

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारत ‘ए’ सँग पराजित

काठमाडौं। एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारत ‘ए’ सँग पराजित भएको छ।

श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमादासा स्टेडियममा सोमबार भएको खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको हो। प्रतियोगितामा यो नेपालको लगातार दोस्रो पराजय हो।  भारत  भने लगातार दोस्रो जितसँगै सेमिफाइनलमा पुगेको छ।

१६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । भारतको लागि अभिषेक शर्माले ८७ रन बनाए। साई सुर्धसनले ५८ र ध्रुव जुरेल १५ रनमा अविजित रहे। नेपालको लागि कप्तान रोहित कुमार पौडेलले १ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९.२ ओभरमा १६७ रन बनाएर अलआउट भयो। रोहितले सर्वाधिक ६५ रन बनाए । यस्तै गुल्सन झाले ३८ र देव खनालले १५ र सोमपाल कामीले १४ रनको योगदान गरे । अन्यको प्रदर्शन भने उल्लेख्य रहेन ।

सातौँ विकेटका लागि रोहित र गुल्सनले ५४ तथा छैठौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए।

१० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाइसकेको अवस्थामा कप्तान पौडेलले इनिङ्स सम्हालेका थिए । भारतका निशान्त सिन्धुले ४ र राजवर्धन हङ्गरगेकरले ३ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved