खुट्टाको तल सिरानी राखेर सुत्दा हुने फाइदा

नेपालभ्युज

खुट्टाको तल सिरानी राखेर सुत्दा हुने फाइदा

एजेन्सी । दिनभर काम गरेर थाकेपछि हरेक व्यक्तिको चाहना हुन्छ रातमा राम्रो निद्रा परोस् । यस्तोमा सुत्ने बेला केही उपाय अपनाएर हामी राम्रो निद्रा लिन सक्छौं । यस्ता उपायले स्वास्थ्यमा पनि फाइदा गर्दछन् ।

त्यस्तै एउटा उपाय छ खुट्टाको तल सिरानी राखेर सुत्ने । जानौं यसरी सुत्दा हुने फाइदा बारे

  • कयौंपटक हामी घण्टौं खुट्टा टंगाएर बस्छौं जसले गर्दा खुट्टा सुन्निने समस्या पनि हुन्छ । त्यसैले सुत्ने बेला खुट्टाको तल सिरानी राखेमा फ्यूट रिटेन्शन कम हुन्छ, जसले गर्दा सुन्निने समस्या पनि कम हुन्छ ।
  •  शरीरको रक्तसञ्चार राम्रोसँग नहुँदा कुनै भाग झमझम गर्छ । यस्तोमा खुट्टाको तल सिरानी राखेर सुत्दा रक्तसञ्चार राम्रो हुन्छ र खुट्टा झमझम गर्ने समस्या निको हुन्छ ।
  • अहिलेको समयमा लामो समय मानिस बसेर काम गर्छन्, जसले गर्दा कम्मरमा दुखाई हुन्छ । यस्तोमा रातमा खुट्टामा सिरानी राखेर सुत्दा आराम मिल्छ ।
  •  दिनभरको कामकाजले साँझसम्म थकान महसुस हुन्छ । जहाँ सिरानी खुट्टाको तल राखेर सुत्दा आराम पाउन सकिन्छ ।
  •  सुत्ने समयमा शरीरमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । यस्तोमा खुट्टाको तल सिरानी राखेर सुत्दा रक्तसञ्चारमा आउने बाधा हट्छन् ।
  • त्यस्तै गर्भावस्थाको बेला खुट्टा दुख्ने तथा सुन्निने समस्या आउने हुन्छ । यस्तोमा सिरानी खुट्टाको तल राखेर सुत्दा आराम पाउन सकिन्छ । यसले शरीरको पोस्चर पनि सही हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved