न्यायपरिषद्को बैठक छल्न खोजेको होइनः मन्त्री गुरुङ

नेपालभ्युज

न्यायपरिषद्को बैठक छल्न खोजेको होइनः मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले आफुले न्यायपरिषद्को बैठक छल्न नखोजेको बताएका छन् । मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले आफूले न्याय परिषद्को बैठक छल्न र भाग्न नखोजेको बताएका हुन् । उनले आफू जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे ।

उनले विगतमा कहिले प्रधानन्यायाधीश त कहिले आफू काठमाडौं उपत्यका बाहिर रहेको कारण न्याय परिषद्को बैठक बस्न नसकेको भन्दै बैठक नबस्नुमा आफूलाई मात्र आरोप लगाउन नमिल्ने बताए । उनले बैठक बस्न नसक्नुको सन्दर्भमा एकले अर्कोलाई आरोपित पनि गर्नु नहुने बताए । उनले न्यायपरिषद्ले आफ्नो कामलाई तदारुकताका साथ अगाडी बढाइरहेको भन्दै न्यायाधीश नियुक्ति छिटोभन्दा छिटो नियुक्ति हुनुपर्नेमा जोड दिए । उनले न्याय क्षेत्रमा शुद्धीकरण अभियान चलाउनुपर्ने पनि बताए ।

‘एकपक्षिय ढंगबाट कानूनमन्त्रीलाई मात्रै आरोप लगाएर बैठक छल्न खोजियो भनेर कतैबाट भनिरहने र कानून मन्त्रीले पनि फेरि अर्को पक्षतर्फ केन्द्रित गरेर टार्‍यो भनिरहने । यो प्रवृत्तिसँग म असहमति राख्छु’ उनले भने, ‘कसैले पनि कतैबाट बैठक छल्न र भाग्न खोजेको होइन । न्यायपरिषद्ले आफ्नो कामलाई तदारुकताका साथ अगाडी बढाइरहेको अवस्था छ । प्रक्रियामा हामी छौँ ।’

उनले काबिल, क्षमतावान व्यक्तिहरुलाई न्यायाधीश नियुक्ति गर्नका लागि गहन छलफल भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved