प्रधानमन्त्रीलाई सीके राउतको सुझाव- गरिबी निवारणमा चीनसँग सहकार्यको कोसिस गर्नुस्

नेपालभ्युज

प्रधानमन्त्रीलाई सीके राउतको सुझाव- गरिबी निवारणमा चीनसँग सहकार्यको कोसिस गर्नुस्

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आसन्न भ्रमणमा नेपालको गरिबी निवारणका लागि चीनसँग सहकार्यको प्रयास गर्न सुझाव दिएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

गरिबी निवारणमा चीनले ठूलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि सिक्नुपर्ने भन्दै आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved