कानूनमन्त्रीको प्रष्टीकरण- संविधानअनुसार नै फेल भएकालाई न्यायाधीश बनाइएको हो

नेपालभ्युज

कानूनमन्त्रीको प्रष्टीकरण- संविधानअनुसार नै फेल भएकालाई न्यायाधीश बनाइएको हो

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीशहरु नियुक्त गरिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले जिल्ला न्यायाधीशहरुको नियुक्ति संविधानको व्यवस्था अनुरुप गरेको बताएका हुन् ।

केही दिनअघि जिल्ला न्यायाधीश नियुक्त भएकाहरु न्याय सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण हुन नसकेकाहरु पनि परेका भन्दै समिति बैठकमा सांसदहरुले विरोध जनाएका थिए । सांसदहरुले न्याय परिषद् र न्याय सेवा आयोगलाई नै समिति बैठकमा बोलाएर यसबारे छलफल गर्नुपर्ने बताएका थिए ।

जवाफ दिँदै मन्त्री गुरुङले संविधानको धारा १४९ को उपधारा(२)(क) बमोजिम न्यायाधीशहरुको नियुक्तिका लागि सिफारिस गरिएको बताए ।

न्यायाधीश नियुक्तिमा न्याय परिषद् र न्याय सेवा आयोगले संविधानका विरुद्धमा काम नगरेको उनको भनाइ छ ।

मन्त्री गुरुङले सम्पत्ति शुद्धीकरण(मनि लाउण्डरिङ) सम्बन्धी विधेयक संसदबाट पारित गर्न ढिलो भइसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved