काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारसँग जनताले आश मारिसकेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार कालोबजारी र महंगी नियन्त्रणमा असफल भएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘महँगीको बारेमा जति कुरा गरे पनि सरकारले नियन्त्रण गर्न सकेन । जनतामा खास आशा पनि छैन’, सांसद पौडेलले भने, ‘ठगीको नयाँ धन्दा सुरु भएको छ । टिकटक फेसबुकलगायत सामाजिक सञ्जालमा सामान किन भनेर विज्ञापन गर्ने, अनलाइनको माध्यमबाट पैसा भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने एकाउन्ट बन्द हुने प्रवृत्ति बढेको छ । सरकारले यस्तो ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई सक्रिय बनाओस् ।’
उनले पछिल्लो समय प्रविधिको माध्यमबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
Facebook Comment
Comment