त्रिकोणात्मक टी–२० क्रिकेट : हङकङले दियो नेपाललाई ९५ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ।

नेपालभ्युज

त्रिकोणात्मक टी–२० क्रिकेट :  हङकङले दियो नेपाललाई ९५ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो।

हङकङको लागि यासिम मुर्ताजाले सर्वाधिक ३६ रनको योगदान गरे। जीशान अलीले १७ रन बनाए। अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन।

टस जितेर पहिले बलिङ रोजेको नेपालले हङकङको ब्याटिङ चल्न दिएन। नेपालको लागि करण केसीले ४, सोमपाल कामी र अबिनाश बोहोराले २–२ तथा कुशल मल्ल र मौसम ढकालले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved