यूएईविरुद्ध आसिफ शेखको अर्धशतक, नेपालको १०० रन पूरा

नेपालभ्युज

यूएईविरुद्ध आसिफ शेखको अर्धशतक, नेपालको १०० रन पूरा

काठमाडौं। त्रिकोणात्मक टी २० सिरिजमा यूएईविरुद्ध ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा आसिफले ४४ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

पहिलो ३ ओभरमा ३ विकेट गुमाएर धरमराएको नेपाली ब्याटिङलाई आसिफ र कप्तान रोहितकुमार पौडेलको साझेदारीले सम्हालेको छ। यसलगत्तै नेपालले ८३ बलमा १०० रन पुरा गर्‍यो ।

यूएईले दिएको १६५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved