यूएईविरुद्ध नेपाललाई चौथो झट्का, आसिफ ६२ मा आउट

नेपालभ्युज

यूएईविरुद्ध नेपाललाई चौथो झट्का, आसिफ ६२ मा आउट

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा यूएईविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ओपनर आसिफ शेख ६२ रनमा आउट भएका हुन्।

उनलाई यूएईका मुहम्मद जबदुल्लाहले आउट गरे। नेपाललाई जितको लागि २६ बलमा ४९ रनको आवश्यकता छ ।

यसअघि पहिलो ओभरमा ओपनर कुशल धुर्ते १ रनमा, दोस्रो ओभरमा सोमपाल कामी २ रनमा आउट हुँदा कुशल मल्ल भने रन आउट भए।

यूएईले दिएको १६५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved