त्रिकोणात्मक टी-२० : यूएईमाथि हङकङको जित

नेपालभ्युज

त्रिकोणात्मक टी-२० : यूएईमाथि हङकङको जित

काठमाडौं। त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा हङकङले यूएईलाई पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा हङकङले यूएईलाई ६९ रनले पराजित गरेको हो । जारी प्रतियोगितामा यो हङकङको पहिलो जित हो ।

२१३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको यूएईले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४३ रन बनायो । यूएईको लागि खालिद शाहले ३५ र अलिशान शराफुले ३० रनको योगदान गरे । बसिल हमिद ३० र निलान्श केशवानी ३१ रनमा अविजित रहे ।

हङकङको लागि नशरुल्ला राना र एहसान खानले १-१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको हङकङले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा २१२ रन बनायो । हङकङको लागि मार्टिन कोएत्जीले ५५ बलमा ८६ रन र बाबर हयातले २० बलमा ६० रन जोडे।

यूएईको लागि अकिफ राजा, निलान्श केशवानी, र सन्चित शर्माले १-१ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved