यूएईविरुद्ध नेपालको पाँचौँ विकेट, दीपेन्द्र पनि आउट

नेपालभ्युज

यूएईविरुद्ध नेपालको पाँचौँ विकेट, दीपेन्द्र पनि आउट

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा यूएईविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी २० रनमा आउट भएका हुन्।

उनलाई यूएईका अलि नसीरले आउट गरे। नसीरको यो दोस्रो विकेट हो। नेपालको भने एकै ओभरमा नै यो दोस्रो विकेट पतन भएको हो।

यसअघि नेपालका कप्तान रोहित कुमार पौडेल १८, कुशल भूर्तेल ५०, आसिफ शेख ७ र कुशल मल्ल १ रनमा आउट भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved