त्रिकोणात्मक टी–२० फाइनल : नेपालले दियो यूएईलाई १६३ रनको लक्ष्य

नेपालभ्युज

त्रिकोणात्मक टी–२० फाइनल : नेपालले दियो यूएईलाई १६३ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा १६२ रन बनाएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए। करण केसी २३ रनमा अविजित रहे ।

दीपेन्द्र सिंह ऐरीले २० र कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए। सोमपाल कामी १३ र सन्दीप जोराले १० रनमा आउट भए ।

गुल्सन झा ५, आसिफ शेख ७ र कुशल मल्लले १ रन मात्रै बनाउन सके ।

यूएईका लागि आयान अफजल खानले ३ तथा अलि नसीर र जहुर खानले २-२ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved