नेपाललाई हराउँदै यूएईले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि

नेपालभ्युज

नेपाललाई हराउँदै यूएईले जित्यो त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि

काठमाडौं। यूएईले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको हो।

१६३ रनको लक्ष्य पछ्याएको यूएईले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। २ बलमा २ रन आवश्यक पर्दा बसिल हामिदले करण केसीको बलमा छक्का प्रहार गर्दै यूएईलाई उपाधि जिताए।

बसिल २२ रनमा अविजित रहे। यूएईको लागि कप्तान मुहम्मद वसीमले ४५ र वृत्य अरविन्दले २६ रन बनाए। नेपालका लागि गुल्सन झा र अविनाश बोहोराले २–२ तथा कुशल मल्लले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ८ विकेट क्षतिमा १६२ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए। करण केसी २३ रनमा अविजित रहे । दीपेन्द्र सिंह ऐरीले २० र कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए। सोमपाल कामी १३ र सन्दीप जोराले १० रनमा आउट भए ।

गुल्सन झा ५, आसिफ शेख ७ र कुशल मल्लले १ रन मात्रै बनाउन सके । यूएईका लागि आयान अफजल खानले ३ तथा अलि नसीर र जहुर खानले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved