गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भिर भएको पायौँः सांसद पौडेल

नेपालभ्युज

गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भिर भएको पायौँः सांसद पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले एन्टोनियो गुटेरेस विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भिर भएको महशुस गरेको बताएका छन्।

मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद पौडेलले महासचिव गुटरेसले संसद बैठकमा सम्बोधन गर्ने क्रममा विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भिर भएको पाएको बताएका हुन् ।

उनले वातावरण संरक्षण, जलवायु परिवर्तन लगायतको विषयमा संयुक्त राष्ट्रसंघमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरेको पनि बताए ।  जलवायु परिवर्तनको असरको सम्बन्धमा अल्पविकसित देशहरुले क्षतिपूर्ति पाउने कुरा महासचिव गुटेरेसले स्पष्ट ढंगले राखेको पनि उनले उल्लेख गरे ।

‘महासचिव विकासोन्मुख र अल्पविकसित देशहरुको मुद्दामा गम्भिर भएको हामीले पायौँ । उहाँले विकासोन्मुख र अल्पविकसित देशहरुका बारेमा  आफ्नो धारणा प्रष्ट ढंगबाट व्यक्त गर्नुभयो’ उनले भने, ‘वातावरण संरक्षण, जलवायु परिवर्तन लगायत जुन मुद्दाहरुको सन्दर्भ छ, नेपालका मुद्दाहरुलाई संयुक्त राष्ट्रसंघमा त्यस ढंगबाट उठान गर्ने, समर्थन गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।’

गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेका कामहरुको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय उदाहरण बनेको उल्लेख गरेको पनि सांसद पौडेलको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved