काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा झापा एफसीले धनगढी एफसीलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा झापाले धनगढीलाई २-० गोलअन्तरले पराजित गरेको हो।
झापाको लागि कप्तान अन्जन विष्ट र समिराज ठोकरले गोल गरे। झापाको यो दोस्रो जित हो भने धनगढीको पहिलो पराजय हो।
५२ औँ मिनेटमा अन्जनले झापाको लागि गोल गरे। ७७ औं मिनेटमा समिराजले गोल गर्दै झापाको अग्रता दोब्बर बनाए। ७९ औँ मिनेटमा धिरत थतालीलाई रेड कार्ड दिएसँगै झापा १० खेलाडी सिमित भयो।
यससँगै ७ खेलबाट १० अंक जोडेको झापा चौथो स्थानमा उक्लिएको छ। ७ खेलबाट १२ अंंक जोडेको धनगढी भने दोस्रो स्थानमा छ।
बिहीबार हुने खेलमा काठमाडौं रेजर्स र वीरगंज यूनाईटेड एफ.सी साँझ ५ बजे आमने सामने हुनेछन्।
Facebook Comment
Comment