काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला सहभागी नहुने भएका छन् । आयोजकले विशेष अतिथिको स्थान नदिएपछि कोइराला सम्मेलनमा सहभागी नहुने भएका हुन् ।
कांग्रेसको मधेस प्रदेश सम्मेलन आजदेखि राजधानी जनकपुरधाममा हुदै छ । यसअघिका प्रदेश सम्मेलनमा निरन्तर सहभागी हुँदै आएका कोइराला जनकपुरको कार्यक्रम छोडेर सुनसरीको कार्यक्रममा सहभागी हुने भएका हुन् । लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा भने कोइराला सहभागी भएका थिए ।

कोइरालाले सामाजिक सञ्जाल मार्फत इनरुवामा हुने पार्टीको कार्यकर्ता भेला तथा अन्र्तक्रिया कार्यक्रममा सहभागी हुने जानकारी गराएका छन् ।
पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधि,सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरीको आधार क्षेत्रमा संस्थापनपक्षले कोइरालालाई बाइपास गरेको उनी निकट नेताहरुको भनाई छ । मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका सबै नेताहरूलाई निमन्त्रणा गरिएको दाबी गरेका छन् ।
प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने छन् ।
उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।
सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट ८ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् ।
यो पनि पढ्नु होस् ।
http://कांग्रेस मधेस प्रदेश सम्मेलन
Facebook Comment
Comment