काठमाडौं । नेपाल सुपर लिग २ अन्तर्गत बुटवल लुम्बिनी फुटबल क्लबले वीरगन्ज युनाइटेड फुटबल क्लबलाई हराएको छ ।
शनिबार दशरथ रंगाशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बुटवलको जितमा चन्दन दासले विजयी गोल गरे । उनले इन्जुरी समयमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाएका हुन् । एरिक विष्टको पासमा चन्दन दासले गोल गर्दै बुटवललाई जित दिलाए ।
यो हारसँगै वीरगञ्ज प्लेअफको दौडबाट बाहिरिएको छ । यो नतिजाले ललितपुर भने प्ले अफमा पुग्ने पक्का जस्तै भएको छ ।
यो खेलबाट वीरगञ्जलाई प्लेअफमा पुग्ने अवसर थियो । त्यसका लागि वीरगञ्जलाई जित अनिवार्य थियो । तर, बुटबलले नजिता आफ्नो पोल्टामा पार्दै वीरगञ्जको प्लेअफको ढोका बन्द गरिदिएको हो ।
वीरगञ्ज ८ अंक सहित तालिकाको आठौं स्थानमा रह्यो । बुटवल जित निकाल्दै तालिकाको पाँचौं स्थानमा रहेर लिग टुङ्गयाएको छ ।
Facebook Comment
Comment