काठमाडौं । नेपाल–ल्हासा सिधा हवाई उडान सुरु भएको छ । बिहीबारदेखि नेपाल–ल्हासा सिधा उडान सुरु भएको हो ।
हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाडौँबाट ल्हासा नियमित उडान सुरु गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौँ–ल्हासा उडानको उद्घाटन गरेका हुन् ।
काठमाडौँ–ल्हासा उडानको उद्घाटन गर्दै उनले भने, ‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ । नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान ।’
नेपाल र चीनबिचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोश ढुङ्गाको काम गरेको उनको भनाइ थियो ।
Facebook Comment
Comment