बालकुमारी घटना बारे प्रदीप भन्छन्- राज्यले समयमै ध्यान नदिंदा नागरिकको ज्यान गुम्यो

नेपालभ्युज

बालकुमारी घटना बारे प्रदीप भन्छन्- राज्यले समयमै ध्यान नदिंदा नागरिकको ज्यान गुम्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले  बालकुमारीमा भएको घटना अत्यन्तै दुःखद भएको बताएका छन् । शुक्रबार साँझ सामाजिक संजालमा एक स्टाटस शेयर गर्दै उनले जनताका सामान्य समस्यामा समेत राज्यले समयमै ध्यान दिन नसक्दा र संयमता गुमाउँदा नागरिकले अनाहकमा ज्यान गुमाउन परेको बताएका हुन्  ।

‘सामान्य विषयमा समेत यस्तो जटिल परिस्थितिको सिर्जना कसरी भयो तत्काल सत्यतथ्य छानबिन गर्न र यस्ता घटना पुन दोहोरिन नदिन संयमित भएर काम कारवाही गर्न, जनताका समस्यालाई गम्भीर भएर समाधान खोज्न साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको निशुल्क पूर्ण उपचार गर्न र कोरियन भाषा परीक्षाका विषयमा युवाले उठाएका मागलाई शान्तिपूर्ण ढंगले वार्ताको माध्यमबाट हल खोज्न सरकारलाई आग्रह गर्दछु, उनले लेखेका छन् ।’

उनले उत्तेजना, आवेग र आक्रोशले दुर्घटना मात्रै निम्त्याउने भन्दै यस विषयमा सबै जना संयमित हुन आवश्यक रहेको समेत बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved