कथित तपस्वी रामबहादुर बम्जनलाई जेल चलान गर्न अदालतको आदेश

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको छ। बिहीबार सातजना कानुन वकिलले बहस गरेपछि इजलासले थुनछेक आदेश दिएको थियो ।

नेपालभ्युज

कथित तपस्वी रामबहादुर बम्जनलाई जेल चलान गर्न अदालतको आदेश

काठमाडौं । कथित तपस्वी रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको हो । बिहीबार सातजना वकिलले बहस गरेपछि इजलासले थुनछेक आदेश दिएको थियो ।

प्रतिवादी बम्जनका तर्फबाट पाँचजना र वादीको तर्फबाट दुईजना सरकारी वकिलले बहस गरेका हुन् । बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिगमाथि जबरजस्ती करणी तथा बाल यौन शोषणको अभियोगमा मुद्दा चलाइएको छ ।

बुधबार राति स्थलमार्गबाट सर्लाही लगिएका बम्जनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान गराएको थियो ।

पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रूपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कार गरेको उनले बताएकी थिइन् ।

त्यही आधारमा बम्जनविरुद्ध प्रहरीले अनुसन्धान सकेर सर्लाही अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा अब उनले जेलभित्रैबाट प्रतिवाद गर्न पाउनेछन् ।

मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।

बम्जनविरुद्ध दर्ता रहेको मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

यो पनि पढ्नुहोस-

जब कोठा खोज्न भन्दै सीआईबीको टोली बम्जनको बङ्गला पुग्यो

बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए बम्जन

बम्जनलाई पक्राउ गर्दा प्रहरीले के–के बरामद गर्यो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved