पहिला तपस्या नगर्ने बम्जनले थाले कारागारभित्रै ‘ध्यान’, अलगै भान्सामा भात पकाएर दिन आग्रह

यसअघि उनले ध्यान योग र तपस्या केही नगर्ने गरेको तथ्य खुलेको थियो । बम्जनले शुक्रबार बिहान केही समय ध्यान गरे पनि धेरै समय गरेनन् ।
एक सुरक्षाकर्मीले भने, ‘‘बिहान केहीबेर ध्यान गरे । त्यसपछि गरेनन् ।’’

नेपालभ्युज

पहिला तपस्या नगर्ने बम्जनले थाले कारागारभित्रै ‘ध्यान’, अलगै भान्सामा भात पकाएर दिन आग्रह

काठमाडौं । बाल यौन शोषण र व्यक्ति बेपत्ता बनाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान भएका कथित तपस्वी रामबहादुर बम्जनले कारागारमा ध्यान गर्न थालेका छन् ।

बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले शुक्रबार बिहान केहीबेर ध्यान गरेका हुन् । सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो ।

यसअघि उनले ध्यान योग र तपस्या केही नगर्ने गरेको तथ्य खुलेको थियो । बम्जनले शुक्रबार बिहान केही समय ध्यान गरे पनि धेरै समय गरेनन् । एक सुरक्षाकर्मीले भने, “बिहान केहीबेर ध्यान गरे । त्यसपछि गरेनन् ।”

कारागारमा उनी शान्त छन् । शालीन शैलीमा बोलिरहेका छन् । बम्जनले अरुलाई खाना खाएको भन्सा र भाडाँमा समेत आफ्नो लागि खाना नबनाउन भनेका छन् ।

कारागार प्रशासनका एक जनाले भने, “उनले खाना पनि छुट्टै पकाएर दिन भनेका छन् । मासु लसपस नभएको र लसुन, प्याज नहालेको दाल, तरकारी मागेका छन् । सकेसम्म छुट्टै चुल्हो प्रयोग गर्न भनेका छन् ।”

कारागारमा बम्जनसँगै अरू ५/७ जना जोगी कैदी पनि छन् । बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिने कारागारले जनाएको छ । बम्जन बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका थिए ।

गएको मंगलबार काठमाडौं हात्तीगौंडाबाट उनी पक्राउ परेका थिए । बम्जनलाई बिहीबार राति प्रहरीले सर्लाही पुर्‍याइएको थियो । बिहीबारै सर्लाही जिल्ला अदालतमा पेश भएका थिए । बिहीबारै बम्जन पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जलेश्वर कारागारमा पुरुष कैदी बन्दीलाई मात्रै राख्ने गरिएको छ । महिला कैदीबन्दीलाई भने सिन्धुली कारागार पठाइन्छ । जलेश्वर कारागारमा हाल ६ सयभन्दा धेरै कैदीबन्दी छन् । एक किशोरीलाई सर्लाहीको पत्थरकोट आश्रममा बस्दा बम्जनले बलात्कार गरेको अभियोगमा जेल परेका हुन् ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको हो । बिहीबार सातजना वकिलले बहस गरेपछि इजलासले थुनछेक आदेश दिएको थियो ।

प्रतिवादी बम्जनका तर्फबाट पाँचजना र वादीको तर्फबाट दुईजना सरकारी वकिलले बहस गरेका हुन् । बम्जनविरुद्ध दर्ता रहेको मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

यो पनि पढ्नुहोस-

कथित तपस्वी रामबहादुर बम्जनलाई जेल चलान गर्न अदालतको आदेश

जब कोठा खोज्न भन्दै सीआईबीको टोली बम्जनको बङ्गला पुग्यो

बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए बम्जन

बम्जनलाई पक्राउ गर्दा प्रहरीले के–के बरामद गर्यो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved