जेलभित्र शान्त छन् बम्जन

नेपालभ्युज

जेलभित्र शान्त छन् बम्जन

काठमाडौं । बाल यौन शोषणसहितका अभियोग लागेका कथित ‘तपस्वी’ रामबहादुर बम्जनले आफु जेलभित्र अभ्यस्त हुन थालेको बताएका छन् ।

महोत्तरीको जलेश्वर कारागारमा योग ध्यान सुरु गरेसँगै आफू एडजस्ट हुन लागेको उनले प्रतिक्रिया दिएका छन् ।

कारागार प्रशासनका अनुसार उनले बिहान बेलुका आफू सुत्ने बिछ्यौनामा योग र ध्यान गर्न थालेका छन् । जेल प्रशासनले अन्य कैदीबन्दीकै कोठामा बम्जनलाई सुत्ने ओछ्यान भने अलग्गै व्यवस्था गरि दिएको छ ।

जेलभित्र उनी शान्त देखिन्छन् । अन्य कैदीबन्दीसँग सामान्य कुराकानी गर्छन् । बिहानको खानेकुरा भने उनलाई आफन्तले लगिदिने गरेका छन् । साँझ भने मेसमै पाकेको सात्विक भोजन लिने गरेका छन् । उनकालागि बेसार, लसुन, प्याँज नराखिएको खाना जेल भित्रै पाक्ने गरेको छ ।

जेलभित्र रहेका अन्य जोगीका लागि बनाइने खाना उनलाई साँझमा दिइने गरेको जेल प्रशासनले बताएको छ ।

उनले योग, ध्यान र अन्य गतिविधिको कार्यतालिका बनाएर दैनिकीलाई सहज बनाउन थालेका छन् । बम्जन रहेको जेलमा अहिले ६ सयभन्दा बढी कैदी रहदै आएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved