कारागारमा बम्जन : छाडे ध्यान, लागूऔषधका दोषीलाई भान्छे नियुक्त

लागूऔषध मुद्दामा जेल चलान भएका नरवीर लामा अहिले बम्जनका सहयोगी छन् । उनले बम्जनको लागि खाना पकाउँछन् ।

नेपालभ्युज

कारागारमा बम्जन : छाडे ध्यान, लागूऔषधका दोषीलाई भान्छे नियुक्त

काठमाडौं । महोत्तरीको जलेश्वर कारागारका रहेका रामबहादुर बम्जनले जेलभित्र छुट्टै खाना बनाउने भान्छे नियुक्त गरेका छन् । बम्जनको अनुरोधपछि प्रशासनले आइतबारबाट सेवा- सत्कारको लागि भन्दै एकजना सहयोगी नियुक्त गरेको हो ।

लागूऔषध मुद्दामा जेल चलान भएका नरवीर लामा अहिले बम्जनका सहयोगी छन् । उनले बम्जनको लागि खाना पकाउँछन् ।

साथै अन्य काममा सघाउने, अह्राएको काम गर्ने गरी लामालाई बम्जनको सहयोगीको रूपमा नियुक्त गरेको कारागार प्रशासनले जनाएको छ ।

२६ गते राति जेल पुगेका उनले २७ गते बिहान संयुक्त भान्साको खाना नखाने बताएका थिए । लसुन, प्याजसमेत नराखेको शुद्ध शाकाहारी खाना माग गरेका थिए । उनलाई २ दिनसम्म कारागारमा रहेका कैदी बन्दी साधुसन्तहरूसँगै खाना खुवाइएको थियो ।

कारागारमा बम्जनले सोधे – यहाँ जीमखाना छैन ?

बम्जनले सुरुआती दिनमा छुट्टै सुत्ने खाट र कोठा माग गरेका छन् । तर, कारागारले उनलाई सामूहिकरूपमै अन्य कैदी बन्दीसँगै राखेको छ ।

कारागार प्रमुख रामचन्द्र साहले भने, “सुत्ने ठाउँ अभावका कारण त्रिपाल टाँगेर कैदी तथा थुनुवाहरू बसिरहेका छन् । हामीले अन्य कैदी बन्दीसरह नै उहाँलाई पनि राखेका छौँ ।”

कारागारमा ५ सय ९३ जना कैदी बन्दी छन् । कारागार प्रशासनका अनुसार दुई दिनसम्म बम्जन मन्दिर परिसरमा बिहानको समय ध्यानमा बसेका थिए । तर, अहिले ध्यान छाडेका छन् ।

पहिला तपस्या नगर्ने बम्जनले थाले कारागारभित्रै ‘ध्यान’, अलगै भान्सामा भात पकाएर दिन आग्रह

बम्जन अहिले तीनतले कारागार भवनको तेस्रो तलामा ७ जना नाइकेसँगै बस्छन् ।

सुरूका केही दिन उनलाई भेट्न केही अनुयायी आउने गरेका थिए । कारागारमा बम्जनलाई भेट्न निकै आउने गरेका थिए । अहिले आउन छाडेका छन् । पछिल्लोपटक सोमबार बम्जनलाई भेट्न श्रीमतीसँगै केही मानव अधिकारकर्मी र वकिलसँग आएका थिए ।

यो पनि पढ्नुहोस-

कथित तपस्वी रामबहादुर बम्जनलाई जेल चलान गर्न अदालतको आदेश

जब कोठा खोज्न भन्दै सीआईबीको टोली बम्जनको बङ्गला पुग्यो

बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए बम्जन

बम्जनलाई पक्राउ गर्दा प्रहरीले के–के बरामद गर्यो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved