रामबहादुर बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीका बुवाको ट्याक्टरको ठक्करबाट मृत्यु

षड्यन्त्र गरेर मारिएको आफन्तको आरोप

मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको छ ।

नेपालभ्युज

रामबहादुर बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीका बुवाको ट्याक्टरको ठक्करबाट मृत्यु

काठमाडौं । कथित तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

मङ्गलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीको बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा किशोरीका बुवा गम्भीर घाइते भएका थिए । त्सयपछि जिल्ला अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए । ट्याक्टर चालक भने सामान्य घाइते भएको र उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् ।

उता मृतकका आफन्तले भने षड्यन्त्रपूर्वक मारिएको आरोप लगाएका छन् । किशोरीका बुवाले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए ।

मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरका चालक पुष्पलाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved