कायाकिङमा उदयपुरका डम्बरबहादुर पहिलो

नेपालभ्युज

कायाकिङमा उदयपुरका डम्बरबहादुर पहिलो

मध्यविन्दु । नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा अयोजना गरेको कायाकिङ प्रतियोगितामा सहभागी १८ प्रतिस्पर्धीलाई उछिन्दै उनी पहिलो भएका हुन् ।

डम्बरबहादुरले सात किलोमिटरको दुरी ३५ मिनेट ३८ सेकेन्डमा पुरा गरे । यस्तै गोर्खाका दिपेश रानामगर निर्धारित दुरी ३६ मिनेट १० सेकेन्डमा पार गरी दोस्रो भए । चितवनका विजय गुरुङ ३७ मिनेट २१ सेकेण्डमा दुरी पार गरी तेस्रो भएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

प्रतियोगितामा प्रहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे । आगामी वर्ष असोजमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने प्रशिक्षक निमबहादुर मगरले बताए । नेपालमा कायाकिङ गर्ने २०० भन्दा बढी खेलाडी रहेको उनको भनाइ छ । डुङ्गामा एक जना मात्र बस्न मिल्ने गरी खेलिने कायाकिङ साहसिक खेल विधामा पर्दछ  । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved