टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

नेपालभ्युज

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । नामिबियासँग हिजो पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा मैदान उत्रन लागेको हो ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे हुनेछ । नेपालले अर्को खेल फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । श्रृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् ।

फाइनल खेल फागुन २२ गते हुनेछ । पहिलो खेलमा हिजो नामिबियाले घरेलु टोली नेपाललाई २० रनले हराएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ८६ रनमात्रै बनाउन सक्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved